global ime bank Long Banner Ad

गृहपृष्ठ मानवअधिकार एलाइन्सको अध्यक्षमा सुवेदी

मानवअधिकार एलाइन्सको अध्यक्षमा सुवेदी

मानवअधिकार एलाइन्सको अध्यक्षमा सुवेदी

नेकपा (एमाले) निकट राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को छैटौँ राष्ट्रिय अधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौँमा आज सम्पन्न अधिवेशनले सुवेदीसहितको कार्यसमितिलाई सर्वसम्मत चयन गरेको एमाले केन्द्रीय सदस्य तथा मञ्चका इन्चार्ज विष्णु रिजालले जानकारी दिए । उपाध्यक्षमा मञ्जु गुरुङ र मोहम्मद नइम अन्सारी, महासचिवमा तिलोत्तम पौडेल, उपमहासचिवमा नरेन्द्र डङ्गोल, सचिव (सङ्गठन) मा मधुसुदन सापकोटा, सचिव (प्रचार) मा प्रदीपकुमार लामिछाने तथा सचिव (विदेश) मा रोशना खड्का र सचिव (अर्थ) मा पिवन्त न्यौपानेलाई चयन गरिएको छ ।

अधिवेशनको बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको थियो ।

प्रकाशित समय : २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु