global ime bank Long Banner Ad

गृहपृष्ठ निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट पाँच सय ५३ जना लाभान्वित भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय, कालिकोटको आयोजना तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा योगी नरहरिनाथ आधारभूत अस्पताल, कुमालगाउँमा बुधबारदेखि सुरु भएको दुई दिने शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

शिविरमा नसर्ने रोग तथा भिआइए (पाठेघरको मुखको क्यान्सर परीक्षण) स्कृनिङ्गसम्बन्धी निःशुल्क सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका अधिकृत कटकबहादुर महतले बताए । उनका अनुसार शिविरमा ५५ जना दम, उच्च रक्तचाप १४ जना, मधुमेह निदानका एक सय ५६ जनाको प्रयोगशाला जाँच भएकोमा पाँच जना देखिएको छ ।

दाँत तथा मुख स्वास्थ्य ७७ जना, फिजियोथेरापी सेवा ५६ जना, विविध स्वास्थ्य परीक्षण तथा उपचार दुई सय छ जना, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण दुई सय ९२ जनामा गरिएकोमा भिआइए पोजेटिभ चार जनामा देखिएको र शङ्कास्पद पाठेघरको मुखको क्यान्सर तीन जनामा देखिएको अधिकृत महतले बताए ।

महिलाको आङ खस्ने समस्या तथा फिस्टुलाको परीक्षण दुई सय ९२ जनामा गरिएकोमा १८९ जनामा उक्त समस्या देखिएको थियो ।

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु