global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शाओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

शाओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

शाओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ । जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्छन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे बोल्दै भने, “हाम्रो प्रतिबद्धता भनेको नवीनतम प्रविधि प्रदान गर्र्दैे प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउने हो । रेड्मी बड्स ६ सिरिजको उत्कृष्ट अडियो गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू हामी सुलभ मूल्यमा प्रदान गर्दैछौँ । हामी यी इयरबड्स नेपाली ग्राहकहरूलाई उपलब्ध गराउन पाउँदा धेरै नै उत्साहित छौं ।”

१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्छ । ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्छ । डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप (चार्जिङ केससहित) ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ ।

रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव प्रदान गर्छ । एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइम (चार्जिङ केससहित)ले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । साथै १० मिनेटको क्विक चार्जले ३ घण्टासम्मको म्युजिक प्लेब्याक प्रदान गर्छ जुन यात्राका क्रममा अत्यन्तै उपयोगी हुन आउँछ ।

नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरुमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुनेछ । रेड्मी बड्स ६ लाइटको मूल्य ३,४९९ रहेको छ भने रेड्मी बड्स ६ प्ले १,९९९ मा खरिद गर्न सकिने कमपनीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु