गृहपृष्ठ महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पशुपति पुगे
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पशुपति पुगे
महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । मंगलबार साँझ उनी पशुपति पुगेका हुन् ।
सो क्रममा उनले पशुपति क्षेत्रको अवलोकन गर्दै बुधबार परेको शिवरात्रिको आवश्यक तयारीका विषयमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित समय : १९:४४ बजे



















