global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ देश बचाउन र बनाउन राजा तथा जनताको साझेदारी आबश्यक छ : कमल थापा

देश बचाउन र बनाउन राजा तथा जनताको साझेदारी आबश्यक छ : कमल थापा

देश बचाउन र बनाउन राजा तथा जनताको साझेदारी आबश्यक छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताएका छन्। शुक्रबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एटटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए।

उनले विदेशीहरूको ठूलो चलखेलले देशमा आर्थिक संकट उत्पन्न भएको विषम परिस्थितिमा पनि दलहरू विभाजित भएर एकअर्कालाई आरोप प्रत्यारोपमा लाग्नु स्वभाबिक नभएको बताए। अहिलेको अवस्थामा बिपी कोइरालाको मेलमिलाप नीति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनले जिकिर गरे।

देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको उनको भनाइ छ। प्रजातन्त्र दिवसका अवसरमा राज ज्ञानेन्द्रे दिएको सकारात्मक सन्देशलाई केही नेताहरूले कटाक्ष गरेको भन्दै यो संविधानले बिचार र स्वतन्त्रताको ग्यारेन्टी गरेकोले राजाका बिचारलाई अतिक्रमण गर्न खोज्नु गलत भएको टिप्पणी गरे।

अहिले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लाखौँ जनताहरू लागिसकेको भन्दै राजाको मन्तव्य कसैको विरुद्ध नभएको बताए। राजालाई दोष देखाएर आफ्ना गल्तीहरू ढाकछोप गर्न खोज्नेहरूलाई अब जनताले नछाड्ने भन्दै उनले लोकतन्त्रको नाममा लुटतन्त्र गर्न कसैलाई छुट नभएको बताए।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुरस्थापना हुने समय आइसकेको दाबी गरे। विदेशी शक्तिहरूको प्रभाव देशमा परेकाले आफूहरू विस्थापित हुनुपरेको भन्दै उनले अब राप्रपाको एकता जरुरी भएको बताए।

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु