global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बागमती गोल्ड कपः एपिएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

बागमती गोल्ड कपः एपिएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

बागमती गोल्ड कपः एपिएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

जिल्लाको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड प्रवेश गरेको छ ।

आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० लाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा दुई गोल गरेका छन् भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेट एक गोल थप्दै समूहलाई अग्रता दिएका हुन् ।

एपिएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औँ मिनेटमा र हरि कार्कीले दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा ‘म्यान अफ द म्याच’ विदेशी खेलाडी आर्मण्ड घोषित हुँदै नगद १० हजार प्राप्त गरेका छन् ।

यो जितसँगै चर्च ब्वाइज गोल्ड कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । प्रतियोगितामा एपिएफले सङ्कटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । एपिएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो ।

गत संस्करणमा एपिएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल यही फागुन १२ गते हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु