global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ज्ञानको बहुआयामिक महत्त्व बचाउन भाषाको संरक्षण आवश्यक छ : मन्त्री पाण्डे

ज्ञानको बहुआयामिक महत्त्व बचाउन भाषाको संरक्षण आवश्यक छ : मन्त्री पाण्डे

ज्ञानको बहुआयामिक महत्त्व बचाउन भाषाको संरक्षण आवश्यक छ : मन्त्री पाण्डे

अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा राष्ट्रिय कविता महोत्सव गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित महोत्सवमा ४८ भाषामा कविले आ–आफ्ना रचना वाचन गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवले लोपोन्मुख भाषाको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मुलुकमा लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेकाले तीनको संरक्षण गर्नुपर्ने बताए ।

मातृभाषाले व्यक्त गर्ने भावना अन्य भाषाहरूले दुरूस्त अभिव्यक्त गर्न नसक्ने बताउँदै ज्ञानको बहुआयामिक महत्त्व बचाउनका लागि भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले संसारभर सात हजार भाषा बोलिने र देशभर अहिले एक सय ३१ वटा भाषा प्रचलित रहेको उल्लेख गर्दै थप खोज अनुसन्धान हुँदै जाँदा भाषा बढ्दै जाने सम्भावना रहेको बताए ।

दुर्लभ भाषाको संरक्षण र विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउँदै उनले भन, “अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै छन् । लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरूरी छ ।”

प्रत्येक भाषाको अर्थ, संवेदनशीलता, सन्देश, दर्शनले मानव सभ्यताको ऐतिहासिक विकासक्रमलाई अध्ययन गर्न सहयोग पु-याउने बताउँदै मन्त्री पाण्डेले भाषा, संस्कृतिको संरक्षणबाट पनि आयआर्जन गर्न सकिने बताए ।

प्रतिष्ठानका कूलपति भुपाल राईले बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबैका भाषा संस्कृतिको संरक्षण गर्ने प्रतिष्ठानको नीति रहेको बताए । सबै जाति समुदायका भाषा मानव समुदायको अमूल्य निधि भएको बताउँदै तीनको संरक्षणमा जोड दिए ।

सो अवसरमा जनही एक लाख राशिको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार गणेश वाम्बुले राई र कमलसिंह रानालाई प्रदान गरिएको थियो ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु