global ime bank Long Banner Ad

गृहपृष्ठ लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक

भिट्रिफाइड टाइल ब्रान्ड लामिनार टाइल्सले फुल–बडी टाइल सेन्टो सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टो नामक बुलबडी टाइल बजारमा ल्याएको हो ।

टाइल अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तर रहेको कम्पनीको दाबी छ । सेन्टो फुल–बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरे ।

लामिनार टाइल्स् फागुन ११ गतेसम्म चल्ने यस वर्षको बिल्डकन एक्स्पोको प्रमुख प्रायोजक रहेको छ । फुल–बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन ।

लामिनार टाइल्स्को उत्पादक, लुम्बिनी सेरामिक्स्का प्रबन्ध निर्देशक आशुतोष खेतानका अनुसार पीईआए रेटिङ ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कम्पनीको भनाइ छ ।

टाइल विमानस्थल, सपिङ मल, होटेल, अस्पताल, पार्किङ, सडकपेटीलगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु