global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ माघमा भित्रियो सवा दुई अर्बको मोबाइल

माघमा भित्रियो सवा दुई अर्बको मोबाइल

माघमा भित्रियो सवा दुई अर्बको मोबाइल

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले १८ अर्ब ९८ रुपैयाँ बराबरको स्मार्टफोन आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालले समीक्षा अवधिमा १२,२९,९५७ थान स्मार्टफोन आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ११,२६,७४७ थानबाट ९.२ प्रतिशतले बढेको हो।

२०२८०/८१ को पहिलो सात महिनामा नेपालले १७ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात गरेको थियो। तथ्यांकअनुसार माघमा नेपालले २ अर्ब २७ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात गरेको छ।

चिनियाँ निर्माताहरूले नेपालको स्मार्टफोन बजारमा आफ्नो वर्चस्व कायम राखेका छन्, जसले २०८१/८२ को पहिलो सात महिनामा कुल आयातमध्ये १२ अर्ब ९९ करोड रुपैयाँ बराबरको हिस्सा ओगटेका छन्। यस अवधिमा भारतबाट ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। साओमी, रेडमी, ओप्पो, रियलमी र वनप्लस लगायत नेपाली बजारका प्रमुख चिनियाँ मोबाइल फोन ब्रान्डहरू हुन्।

छैटौं महिना (माघ) सम्म स्मार्टफोन आयात १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको भएको थियो। नेपालले आर्थिक वर्ष २०८०/८१ मा २८.६६ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात गरेको थियो, जसमा कुल १८,३९,०३५ थान मोबाइल देश भित्रिएका थिए। चिनियाँ ब्रान्डले १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयातका साथ बजार नेतृत्व गरेका थिए भने भारतीय स्मार्टफोनको हिस्सा ९ अर्ब २५ करोड रुपैयाँ थियो।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु