गृहपृष्ठ अत्यधिक हिंसात्मक दृश्यका कारण फिल्म ‘ताण्डवम्’को प्रिमिएर स्थगित
अत्यधिक हिंसात्मक दृश्यका कारण फिल्म ‘ताण्डवम्’को प्रिमिएर स्थगित
फिल्म ‘ताण्डवम्’ को प्रिमिएर स्थगित गरिएको छ । आज बुधवार साँझ आयोजना हुने भनिएको फिल्म ‘ताण्डवम्’को प्रिमिएर सेन्सर बोर्डले रोक लगाएपछि स्थगित गरिएको हो ।
मंगलबार भएको सेन्सरमा फिल्मलाई चलचित्र सेन्सर बोर्डले अत्यधिक हिंसात्मक दृश्य भएकोले सच्याएर ल्याउन भन्दै फिर्ता पठाएको हो ।
यो फिल्म बदलाको कथामा आधारित छ र यसमा मुख्य भूमिकामा जुनिम गहतराज, सरिना मगर, अंकित खड्का लगायतका कलाकारहरूको अभिनय छ।
प्रकाशित समय : १६:०१ बजे


















