global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपा एसको पोलिटब्युरो बैठक आज पनि जारी

नेकपा एसको पोलिटब्युरो बैठक आज पनि जारी

नेकपा एसको पोलिटब्युरो बैठक आज पनि जारी

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि जारी रहेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा हिजोबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।

मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो । बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ ।

बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरण सहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

उक्त प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु