global ime bank Long Banner Ad

गृहपृष्ठ भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

भद्रपुरझापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल सुरु हुनेछ । गोल्डकपमा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली भिड्दैछन् । प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा–११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् ।

यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ गरी तीन विदेशी टोली सहभागी छन् ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु