global ime bank Long Banner Ad

गृहपृष्ठ आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट शृंखला : कँराचीमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट शृंखला : कँराचीमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट शृंखला : कँराचीमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफीका खेल आजदेखि सुरु हुँदैछन्। पाकिस्तानको घरेलु मैदानको उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। खेल आज दिउँसो नेपाली समयअनुसार २: ४५ मा कँराचीमा हुने छ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता १९ दिन चल्दा १५ खेल हुने छन्। ८ टिमलाई ४-४ वटाको दुई समूहमा विभाजना गरिएको छ। समूह चरणमा एक टिमले ३ खेल खेल्ने छ।

समूहको शीर्ष २ मा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन्।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु