गृहपृष्ठ भायानेटले बुझायो एकैपटक ५५ करोड बक्यौता

भायानेटले बुझायो एकैपटक ५५ करोड बक्यौता

भायानेटले बुझायो एकैपटक ५५ करोड बक्यौता

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई तिर्नबाँकी सबै बक्यौता तिरेको बताएको छ ।

भायानेटले २०८०/०८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी कुल ५५ करोड रुपैयाँ बुझाएको बताएको छ ।

दूरसञ्चार ऐन, २०५३ अनुसार इन्टरनेट सेवा प्रदायकले आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्नुपर्ने प्रावधान छ ।

यो शुल्क इन्टरनेट बिक्री मात्रमा लाग्ने कि मर्मत सम्भार खर्चमा पनि लाग्ने भन्ने विषयमा सरकार र आईएसपीहरूबीच विवाद रहँदै आएको थियो ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु