गृहपृष्ठ त्रिकोणात्मक महिला टी २० सिरिज: नेपाल थाइल्यान्डविरुद्ध भिड्दै

त्रिकोणात्मक महिला टी २० सिरिज: नेपाल थाइल्यान्डविरुद्ध भिड्दै

त्रिकोणात्मक महिला टी २० सिरिज: नेपाल थाइल्यान्डविरुद्ध भिड्दै

त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डविरुद्ध भिड्दैछ । प्रतियोगितामा ५ खेल खेल्दा सबैमा पराजय व्यहोरेको नेपालका लागि यो सान्त्वना जितको अवसर हो ।

नेपालले यसअघि नेदरल्यान्ड्ससँग ३ र थाइल्यान्डसँग २ म्याच खेल्दा कुनै पनि जित निकाल्न सकेन । उपाधि होडबाट बाहिरिइसकेको अन्तिम खेलमा सुखद नतिजा निकाल्न आतुर छ । यद्यपि, उपाधि दावेदार थाइल्यान्ड नेपालका लागि सहज टीम होइन ।

आजको खेल नेपालको लागि प्रतिष्ठाको मात्र विषय भए पनि थाइल्यान्ड र नेदरल्यान्ड्सको उपाधि भिडन्त पनि हो । थाइल्यान्डले नेपाललाई हराए उपाधिमा कब्जा गर्ने छ । तर, नेपालले थाइल्यान्डलाई हराएको खण्डमा रन रेटको आधारमा थाइल्यान्ड र नेदरल्यान्ड्समध्ये एक विजेता हुनेछन् ।

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु