global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै

सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै

सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै Indian defense forces march through the ceremonial Kartavya Path boulevard during India's Republic Day parade celebrations in New Delhi, India, Friday, Jan. 26, 2024. Thousands of people cheer a colorful parade showcasing India's defense capability and cultural heritage braving a winter chill and mist on a ceremonial boulevard in the Indian capital. (AP Photo/Manish Swarup)

भारतले आइतबार ७६औ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

सन् १९५० मा भारतको स्वतन्त्रता पछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापनाको दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ ।

गणतन्त्र दिवसको अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, अन्य नेतागण र सबै राज्यका मुख्यमन्त्री, सरकारी उच्च पदस्थ अधिकारी, कलाकारलगायतले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै भारतमा गणतन्त्र स्थापनाको स्मरण गरेका छन् ।

यो बर्ष सरकारले गणतन्त्र दिवसका अवसरमा आइतबार नयाँ दिल्लीमा आयोजित वार्षिक सैन्य तथा सांस्कृतिक परेडमा विशिष्ट अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलाई निमन्त्रणा दिएको छ । उनले आजै जनवरी २६ अर्थात् गणतन्त्र दिवसको मुख्य समारोह औपनिवेशिक युगको सुधारिएको बुलेवार्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनउका छन्, “यो अवसरले हाम्रो संविधानको आदर्शको संरक्षण र बलियो र समृद्ध भारतको दिशामा काम गर्ने हाम्रो प्रयासलाई बलियो बनाओस् ।”

गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने वार्षिक समारोह एक रङ्गीन र कसिलो कोरियोग्राफी गरिएको तमाशा हो जसमा देशको मिसाइल प्रणाली, लडाकू जेट फ्लाईका दृष्य, मोटरबाइक स्टन्ट र विभिन्न भारतीय राज्यहरूको प्रतिनिधित्व गर्ने प्रदर्शनहरू समावेश छन्।

समारोहमा इन्डोनेसियाली सेनाको एक टुकडी पनि सहभागी भएको थियो । सन् २०२४ मा राष्ट्रपति बनेपछि प्रबोवोको पहिलो भारत भ्रमण भएको थियो । भारत र इन्डोनेसियाले स्वास्थ्य, सामुद्रिक सुरक्षा, डिजिटल टेक्नोलोजीमा सहयोगसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गरेका छन्।

भारतको पहिलो गणतन्त्र दिवसमा इन्डोनेसिया अतिथि राष्ट्र भएको बताउँदै प्रधानमन्त्री मोदीले गणतन्त्र दिवसका अवसरमा आयोजित परेडमा फेरि प्रधानमन्त्रीका रूपमा सहभागी हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको बताए ।

’रक्षा क्षेत्रमा सहयोग बढाउनका लागि हामीले रक्षा उत्पादन र आपूर्ति श्रृङ्खलामा मिलेर काम गर्ने निर्णय गरेका छौं,” मोदीले शनिबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

गणतन्त्र दिवसको मुख्य समारोहलाई सम्बोधन गर्दै प्राबोवोले आफ्नो प्रशासनले चाँडै नै ‘उच्चस्तरीय रक्षा प्रतिनिधिमण्डल’ भारत पठाउने बताए ।

गत वर्ष भारतको हतियार निर्यात २.६३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । यो कतिपय शक्तिराष्ट्रको तुलनामा थोरै रकम भएपनि तर एक दशकको अवधिमा भारतको हतियार निर्यात ३० गुणाले वृद्धि भएको छ ।

प्रकाशित समय : १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु