गृहपृष्ठ ज्ञान संस्कार बास्केटबल भोलिदेखि हुने
ज्ञान संस्कार बास्केटबल भोलिदेखि हुने
ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले जानकारी गराइन् ।
ब्वाइज टिमलाई ८ समूह तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
ब्वाइजको प्रत्येक समूहबाट शीर्ष २ टोली प्रिक्वाटरफाइनलमा पुग्ने छन् । गल्र्सको हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पनि पुरस्कृत गरिने छ ।
प्रकाशित समय : २०:२९ बजे



















