global ime bank Long Banner Ad

गृहपृष्ठ बाँकेको खजुरामा स्मारक शिलान्यास

बाँकेको खजुरामा स्मारक शिलान्यास

बाँकेको खजुरामा स्मारक शिलान्यास

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरामा निर्माण गरिएको स्मारकको शिलान्यास गरेका हुन ।

खजुरा गाउँपालिका–३ स्थित जनता नमुना माध्यमिक विद्यालयमा पालिकाको २९ लाख १० हजार र स्थानीय जनश्रमदानबाट १९ लाख ५४ हजार नौ सय छ को लागतमा स्मारक निर्माण गरिएको गाउँपालिकाका इञ्जिनियर सोनु शाहले जानकारी दिए।

अध्यक्ष दाहालले त्यसअघि खजुराको धौलागिरिमा सहिद डम्मर रानाभाटका घरमा सहिद परिवारसँग भेटघाट गरेका थिए । सहिद परिवारकातर्फबाट रानाभाटका दाजु नेत्र रानाभाट माओवादी नेताहरु पूर्ण सुवेदी, महेश्वर गहतराज, पालिका अध्यक्ष डम्मर विकलगायतको सहभागिता थियो । अध्यक्ष दाहालले आजै खजुरा बजारमा निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको पनि उद्घाटन गरे ।

उक्त सभाहल करिब पाँच करोड लागतमा निर्माण गरिएको हो । त्यस अवसरमा अध्यक्ष दाहालले बहुउद्देश्यीय सभाहलले विकासको आकाङ्क्षा सम्बोधन गर्न र समृद्ध खजुरा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सभाहल तीन हजार नौ सय ९९ वर्गमिटरमा फैलिएको छ ।

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु