गृहपृष्ठ दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
दक्षिणी म्यानमाको मोन राज्यमा बुधबार भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय उद्धार संस्थाका एक अधिकारीले बिहीबार सिन्ह्वालाई बताए ।
यान गी आङ रिजर्भ फायर सर्भिस एण्ड रेस्क्यू अर्गनाइजेसनका एक अधिकारीले मोन राज्यको ये टाउनसिपमा रहेकोमा हल्वे पहाड चढ्ने क्रममा गाडी दुर्घटना भएको बताए ।
दुर्घटनाको खबर दिउँसो करिब २ बजे प्राप्त भएको अधिकारीले जानकारी दिए । दुर्घटना हुँदा गाडीमा ११ जना सवार थिए । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला छन् भने घाइते हुनेमा तीन पुरुष र दुई महिला रहेको उद्दार संस्थाले जनाएको छ ।
घाइतेहरूलाई ये टाउनशिप पिपुल्स अस्पताल पठाइएको थियो, जसमा दुईको अवस्था गम्भीर छ ।
प्रकाशित समय : १८:५० बजे



















