global ime bank Long Banner Ad

गृहपृष्ठ ‘पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा’

‘पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा’

‘पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा’

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका–२ लगामस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रममा आज उहाँले पूर्वाधार निर्माण नभएकै कारण राजधानी वीरेन्द्रनगरसँग उक्त पालिकाको सहज पहँुच नभएको बताए । मुख्यमन्त्री कँडेलले भने, “सडक, विद्युत् र सुकुम्बासीको व्यवस्थापन नै यहाँको प्रमुख समस्या हो । यसको समाधानका निम्ति कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ ।”

विकास निर्माण सबैको आवश्यकता भएकाले यसमा सबै दल र जनता एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए । एक्लै हिँड्ने प्रचलनले व्यक्तिलाई फाइदा भए पनि समाज विकास नहुने मुख्यमन्त्री कँडेलको जिकिर थियो ।

यहाँका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका योजना तथा विकास निर्माणको अनुगमन तथा कामको प्रगतिबारे जानकारी लिएको छ ।

प्रकाशित समय : २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु