global ime bank Long Banner Ad

गृहपृष्ठ च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा भएको छ ।

मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले शनिबार पत्रकार सम्मेलन गरी १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि सुरु हुदैँछ ।

तर, भारतीय टोलीले फेब्रुअरी २० बाट आफ्नो अभियान सुरु गर्नेछ। जसअनुसार फ्रेबुअरी २०मा भारतले पहिलो खेल बांग्लादेशसँग खेल्नेछ । जुन खेल दुबईमा हुनेछ ।

प्रतियोगितामा ८ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियन्स ट्रफी ८ वर्षपछि फर्कदैछ । यसअघि यो प्रतियोगिता सन् २०१७ मा खेलिएको थियो ।

भारतीय टिमः

रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल)उपकप्तान_, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषभ पन्त, रविन्द्र जडेजा।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु