गृहपृष्ठ नेपाल इन्स्योरेन्सले भन्यो‑ बिमालेख नवीकरण गर्न इमेल पठाउनुहोस्
नेपाल इन्स्योरेन्सले भन्यो‑ बिमालेख नवीकरण गर्न इमेल पठाउनुहोस्
नेपालकै पुरानो नेपाल इन्स्योरेन्स कम्पनीले बिमालेख नवीकरणका लागि इमेल पठाउन आफ्ना सबै बिमितलाई अनुरोध गरेको छ । बिमा अवधि समाप्त भएका बिमालेखको हकमा बिमितले विद्युतीय माध्यमबाट पठाएको लिखित अनुरोधका आधारमा नवीकरणको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।
लकडाउनका कारण बिमित नजिकका कार्यालयसम्म पनि पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै इमेल गरेकै भरमा नवीकरणको व्यवस्था गरिएको कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । सरकारले चैत ११ गतेदेखि लागू हुने गरी एक साताका लागि लकडाउन गरेको छ भने कोरोनाभाइरसको विश्वव्यापी संक्रमणको अवस्थालाई हेरेर लकडाउनको अवधि थपिन पनि सक्नेछ ।
प्रकाशित समय : १९:४७ बजे




















