global ime bank Long Banner Ad

गृहपृष्ठ लकडाउनले अलपत्र पर्यटक (फोटो फिचर)

लकडाउनले अलपत्र पर्यटक (फोटो फिचर)

लकडाउनले अलपत्र पर्यटक (फोटो फिचर)

चैत ११ देखि १८ गतेसम्मका लागि घोषित लकडाउनका कारण अत्यावश्यकबाहेकका सेवाहरु बन्द छन् । हवाइ तथा सडक यातायात बन्द हुँदा नेपाल भ्रमणमा आएका हजारौं विदेशी पर्यटकहरु बिच बाटोमै फसेका छन् । अन्नपूर्ण आधार शिविर तथा मुस्ताङलगायत पोखरा क्षेत्रको भ्रमणमा आएका पर्यटकहरु काठमाडौं फर्कन नपाउँदा अलपत्र परेका छन् ।

उडान हुने आशामा पोखरा विमानस्थलअगाडि शुक्रबार दिउँसो सडकमै भेटिएका पर्यटकहरुको अवस्था टीठलाग्दो थियो । स्वीट्जरल्याण्ड र जर्मनका नागरिक बताउने उनीहरु करिब २५ जनाको संख्यामा थिए । बसेको होटलबाट सामानसहित निस्किएका उनीहरु कोही झोलामाथि बसेका थिए त कोही भित्तामा अडेस लागेर । केही मोबाइलमा व्यस्त देखिन्थे ।

बिहीबार फ्रान्सेली दूतावसले भने विमान चार्टर गरे पोखरा क्षेत्रमा फसेका आफ्ना देशका ५९ जनालाई काठमाडाैं लगेको थियो ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु