global ime bank Long Banner Ad

गृहपृष्ठ नगरभित्रका मजदुरलाई खाद्यान्न उपलब्ध गराउन ८० लाख

नगरभित्रका मजदुरलाई खाद्यान्न उपलब्ध गराउन ८० लाख

नगरभित्रका मजदुरलाई खाद्यान्न उपलब्ध गराउन ८० लाख

वीरेन्द्रनगर नगरपालिकाले लकडाउनको अवधि लम्बिदै गए नगरका मजदुरलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार वीरेन्द्रनगर कार्यपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेकाे कार्यपालिकाको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

मजदुरी गरी बिहान-बेलुकी छाक टार्दै आएका परिवारको पहिचान गरी लकडाउन अवधिभर खाद्यान्न उपलब्ध गराउनको लागि प्रतिवडा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न दिने निर्णय भएकाे नगरपालिकाका सूचना अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिए । वीरेन्द्रनगरमा १६ वटा वडा रहेका छन् ।

यसका साथै बैठकबाट सम्पूर्ण जनप्रतिनिधिहरु, कोरोना संक्रमण विरुद्धको समन्वय समितिका पदाधिकारीहरु र विपद व्यवस्थापनमा संलग्न हुने, पदाधिकारीहरुलाई चौबिसै घण्टा सम्पर्क समन्वयमा रही सम्भावित जोखिम न्यूनीकरणमा सहभागी निर्णय भएकाे छ ।

सूचना अधिकारी सुवेदीका अनुसार नगरका सम्पूर्ण स्वास्थ्य संस्थामार्फत स्वास्थ्यकर्मीहरुले आ-आफ्नो सुरक्षा व्यवस्था अपनाई स्वास्थ्य सेवा प्रवाह गर्ने र सोको लागि नगर कार्यपालिकाको कार्यालयले अन्य निकायसँग समन्वय गरी तथा विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी व्यक्तिगत सुरक्षा सामग्री (PPE), इन्फ्रारेड थर्मोमिटर, ग्लोभ, मास्क, ह्याण्ड सेनिटाईजर लगायतका सामग्री तथा आवश्यक न्यूनतम औषधिहरु खरिद गरी उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।

त्यस्तै हालसम्म जिल्ला बाहिरबाट आएर घरपरिवार तथा होटलहरुमा बसिरहेका व्यक्तिहरूलाई सोही स्थानमा निगरानीका साथ बस्नेगरी सबै वडा कार्यालयहरुले वडा विपद व्यवस्थापन समितिमार्फत व्यवस्था मिलाउने, सोबाहेक सरकारी निकायहरुको समन्वयमा उद्दार गरी ल्याइने नगरवाीलाई सरकारी विद्यालय, सामुदायिक भवन तथा विभिन्न संघ संस्थासँग समन्वय गरी प्रत्यक्ष निगरानी (क्वारेन्टाईन) मा बस्ने व्यवस्था मिलाउने पनि सोही बैठकबाट निर्णय भएकाे छ ।

‘करिब १०० शैय्याको लागि आवश्यक पर्ने न्यूनतम सामग्रीहरु नगर कार्यपालिकाको कार्यालयले विपद व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएकाे छ,’ उनले भने, ‘गर्मी याम बढ्दै गरेको र संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका जनसम्पर्क बढी हुने टोलहरु, कार्यालयहरु, स्वास्थ्य संस्था,अस्पताल, क्लिनिकहरु, अत्यावश्यक सामग्री विक्रीवितरण हुने स्थानहरु र मुख्य बजार चोकहरुमा नगरपालिकाको दमकलमार्फत क्रमश: क्लोरिन तथा डिस्ईन्फेक्ट/विषादि छर्कने भएकाे छ ।’

नगरका हरेक टोलटोलमा सुरक्षा निकायसँगको समन्वयमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणविरुद्ध प्रतिरक्षा गर्ने उद्देश्यले अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने’ र सम्पूर्ण व्यक्तिलाई घरमै बसी उक्त संक्रमणविरुद्ध सजग हुन सार्वजनिक सूचना जारी गर्ने र नगरमा सम्भावित जोखिम न्युनीकरण गर्नका लागि आवश्यक राहत तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसमक्ष अनुरोध गर्ने बैठकबाट निर्णय भएको छ ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु