global ime bank Long Banner Ad

गृहपृष्ठ सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो । सो खेल माघ ५ गतेसम्म जारी रहने छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो बिच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन ।

नेपाल भलिबल सङ्घ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिएको छ, जुन खेल अहिले सुकुटेस्थित सुनकोशी नदीको किनारामा जारी रहेको छ ।

 

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु