global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ छिमेक लघुवित्त वित्तीय संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्था लि.को २३औं वार्षिक साधारण सभा हेटौंडाको होटल सामना प्रा.लि.मा सोमवार वित्तीय संस्थाका अध्यक्ष श्री रामचन्द्र जोशीज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

सो सभामा वित्तीय संस्थाका अध्यक्ष ज्यूबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । काठमाडौंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९ रुपैंया २५ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शेयरधनीहरुलाई आ.व.२०८०/८१ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ ।

त्यसै गरी यस वित्तीय संस्थाको चुक्ता पूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० बाट बृद्धि गरि ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पु-याउने निर्णय समेत यस साधारण सभाले गरेको छ । यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री दिपक निधि तिवारीज्यूले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए । साथै यस वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी श्री कर्ण बहादुर घले र दिलिप राज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु