global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन ।

आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजनम गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सरकार गठनका बेला भएको सहमति अनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने उनको दाबी छ ।

सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै तत्काल सरकार परिवर्तन नहुने दाबी पनि उनको छ । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओली पछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले दाबी गरे ।

‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्कता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो भन्दा अगाडीको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’

त्यस्तै, उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेकोसमेत बताए । अहिलेको सरकारले यस अघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए । जनचाहनाअनुसार आर्थिक समृद्धि र  विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो ।

 

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु