global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले केन्द्रिय समिति बैठक सुरू

एमाले केन्द्रिय समिति बैठक सुरू

एमाले केन्द्रिय समिति बैठक सुरू

सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक सुरू भएको छ ।

गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ ।

बैठक बिहान ११स्०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरू भएको हो ।च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।

जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

 

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु