global ime bank Long Banner Ad

गृहपृष्ठ तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते बस्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बुधबार पुस २४ गते सभा बोलाएको कम्पनीले जनाएको छ ।
साधारण सभामा करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सभा, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु