global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेजको विदाई कार्यक्रम सम्पन

नेपाल इन्जिनियरिङ कलेजको विदाई कार्यक्रम सम्पन

नेपाल इन्जिनियरिङ कलेजको विदाई कार्यक्रम सम्पन

दुवाकोट चाँंगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)को विद्यार्थी विदाई कार्यक्रम सम्पन भएको छ । १९ औं सिभिल र सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीलाई शनिबार राजधानीमा एक कार्यक्रम गरी विदाई गरे । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको भव्य कार्यक्रममा विद्यार्थीलाई विदाई गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई बिभिन्न अवार्डहरु पनि प्रदान गरियो । चेयरम्यान ‘प्राउड’ गोल्ड अवार्ड, प्रोग्राम टपर अवार्डसहित बिभिन्न अवार्डहरु वितरण गरिएको थियो । चेयरमेय गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रुपमा र बिबेक भण्डारीले पाएका थिए ।

कलेजमा सिभिलतर्फ राजेन्द्र पौडेल र शीतल पाण्डेले ३.९४ अंक प्राप्त गरी दुई जना संयुक्त रुपमा व्याच सर्वोत्कृष्ट भएका थिए । सिभिल एण्ड रुरलमा भने बिबेक भण्डारीले ३.८८ अंक प्राप्त गरी सर्वोत्कृष्ट घोषित भएका थिए । यसका साथै सव्जेक्ट अवार्डलगायत विभिन्न अवार्डहरु पनि कार्यक्रममा वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा. पदमबहादुर शाहीले इन्जिनियरहरुका लागि स्वदेशमै राम्रो स्कोप रहेको बताए । यही कारण देशमै बसेर केही गर्न उनले नवआगन्तुक विद्यार्थीहरुलाई सुझाए । यसका लागि राम्रो पढाईका साथै शीप पनि हुनुपर्ने उनले बताए । साथसाथै इमान्दारिता, अनुशाशनको पनि उतिकै आवश्यक रहेको खाँंचो उनले औंल्याए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव मणिराम गेलालले इन्जिनियरिङ क्षेत्रकाले पनि नेपाल सरकारको सचिवसम्म पुग्ने वातावरण भएकाले यस क्षेत्रबाट पनि नेपाल सरकारको उच्च तहसम्म पुग्न सकिने वातावरण रहेको बताए । प्रशाशनमा हाल ११ जनामा एकजना इन्जिनियरिङबाट कर्मचारीतर्फ नेपाल सरकारको उच्च पद सचिवसम्म पुग्ने वातावरण रहेको उनले बताए ।

कार्यक्रममा आयोजक कलेजका प्राचार्य एवं एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, सहप्राचार्य एसोसिएट प्रोफेर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्य एवं एवं कलेजका प्रोफेसर सावित्री त्रिपाठीलगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिए । कार्यक्रमको सभापतित्व सिभिल विभागका प्रमुख रमेश खनाल तथा सिभिल एण्ड रुरलका प्रमुख सञ्जीव विक्रम शाह र साइन्स एण्ड ह्युमिनिटिजका एसोसिएट प्रोफेसर युवराज गैरेले गरेका थिए । कार्यक्रम सञ्चालन कलेजका विद्यार्थी कल्याण शाखाका प्रमुख एसोसिएट प्रोफेसर विष्णुप्रसाद घिमिरेले गरेका थिए ।

नेक नाफा नलिने उद्देश्यका साथ सञ्चालित देशकै उत्कृष्ट इन्जिनियरिङ कलेज हो । यहाँं इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोतर तहसम्मको पढाई हुने गरेको छ ।

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु