गृहपृष्ठ आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षीत गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ।
आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए। कार्यक्रम आइसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।
कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने मौका प्राप्त हुनेछ।
सहभागीले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ।
समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रकाशित समय : ११:११ बजे


















