काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतको अष्ट्रेलियाविरुद्ध कमजोर प्रदर्शन

3.76K
shares

चौथो खेलमा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले स्टेभेन स्मिथको १४० रनको मद्धतले ४७४ रन बनायो । जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए ।

स्मिथ बोर्डर गबास्कर ट्रफीमा सबैभन्दा बढी शतक हान्ने खेलाडीसमेत बनेका छन् । उनको नाममा १० शतक रहेको छ । उनले सचिन तेन्दुलकर र विराट कोहलीको समान ९ शतक तोडेका छन् ।

जवाफमा मैदानमा उत्रिएको भारतले शुक्रबार दोस्रो दिनको समापितसम्म ५ विकेटको क्षतिमा १६४ रनमात्र बनाएको छ । विराट कोहली ३६ रन बनाएर आउट भए ।

यता कप्तान रोहित शर्मा ५ बलमा ३ रन बनाएर पभेलियन फर्किए । सन् २०२४ मा सबैभन्दा खराब फर्ममा रहेका रोहित १० पटक एकल संख्याको रनमै पभेलियन फर्केर खराब रेकर्ड बनाएका छन् ।

उनी विश्वकै तेस्रो खेलाडी हुन् । पहिलो नम्बरमा न्यूजिल्याण्डका टिम साउदी छन् । उनी १३ पटक अउट भएका छन् । त्यस्तै इङ्गल्याण्डका ओली पोप ११ पटक आउट हुँदा भारतीय बलर जसप्रित बुमराह पनि १० पटक आउट भएका छन् ।

भारतका लागि तेस्रो दिन ऋषभ पन्त ६ तथा रविन्द्र जडेजा ४ रनबाट अगाडि खेल्नेछन् । अष्ट्रेलियाका लागि पाट कमिन्स र स्कट बोलान्डले २–२ विकेट लिइसकेका छन् ।

कमिन्स बोर्डर गाबस्कर ट्रफीमा सबैभन्खा बढी विकेट लिने खेलाडी भएका छन् । उनले २७ इनिङ्समा ६२ विकेट लिइसकेका छन् ।

कमिन्सले भारतीय पूर्व बलर जहिर खानको नाममा रहेको ३४ इनिङ्समा ६१ विकेटको रेकर्ड तोडेका छन् । भारतले अष्ट्रेलियामा पाँच टेष्टको श्रृंखला खेल्दैछ ।