global ime bank Long Banner Ad

गृहपृष्ठ २७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

२७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

२७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

यस वर्षको २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा हुने भएको छ ।

गृृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा मनाउने निर्णय गरेको हो ।

आजको बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठ बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको राषिट्रय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृहसचिव गोकर्णमणि दुवाडी लगायतको उपस्थिति थियो ।

बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रमहरू आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक सङ्घसंस्थाहरूलाई आग्रह पनि गरेको छ ।

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु