गृहपृष्ठ महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली चितवन आएको हो ।
चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार यही बुधबारदेखि सुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आउने क्रम जारी छ । उनले भने, “आजसम्म सबै खेलाडी चितवन आइ पुग्नेछन् ।” कतिपय हवाई मार्ग हुँदै आएका छन् भने कतिपय सडकबाट आउँदै गरेको उहाँले जानकारी दिए ।
बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने उनले जानकारी दिए । बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ । बुधबार दिनको १२ : ३० बजेदेखि बन्द प्रशिक्षण सुरू हुने जानकारी दिए । यहाँको बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्ने उनले बताए ।
प्रकाशित समय : १९:२४ बजे



















