global ime bank Long Banner Ad

गृहपृष्ठ ‘देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ’

‘देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ’

‘देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास–निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलले आज यहाँ आयोजना गरेको प्रशिक्षणमा सुशासन कायम गर्दै जनताका चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए । उनले आर्थिक समृद्धि र सुशासनलाई वर्तमान सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र पार्टीले पनि त्यसमा निरन्तर सहयोग गर्दै आएको बताए।

मुलुकमा सुशासन कायम गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए । विधिको शासन नमान्नेलाई कारबाही गर्नु राज्यको दायित्व हो भन्दै उपाध्यक्ष बरालले एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरुले सुशासनविरुद्ध काम गर्नेलाई कानुनको कठघरामा उभ्याउन सघाउनुपर्ने बताए ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु