global ime bank Long Banner Ad

गृहपृष्ठ सम्माननीय प्रधानमन्त्रीमाथि किन हुँदैछ अपमानको श्रृंखलाबद्ध हमला ?

सम्माननीय प्रधानमन्त्रीमाथि किन हुँदैछ अपमानको श्रृंखलाबद्ध हमला ?

सम्माननीय प्रधानमन्त्रीमाथि किन हुँदैछ अपमानको श्रृंखलाबद्ध हमला ?

सबैभन्दा सम्मान गर्नुपर्ने पदमै प्रधानमन्त्री केपी शर्मा ओली छन् । तर सबैभन्दा अपमान प्रधानमन्त्री केपी शर्मा ओलीकै भइरहेको छ । टुँडिखेलको बीचमा युवाहरुले केपी ओलीविरुद्धको नाराबाजी गर्दा काँग्रेस सभापति शेरबहादुर देउवा आवेशमा आएर ‘अल्लारे केटाहरु भन्दै फटाहा बद्मास’को नाम दिएका थिए । तर बिहिबार सम्मानीय प्रधानमन्त्रीविरुद्धको नाराबाजी देशकै अग्रणी शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यायलमा प्राज्ञिक व्यक्तिबाटै भयो । अब बेरोजगार र शेरबहादुर देउवाले भनेका ‘फटाहा, बदमास अशिक्षित युवाहरु’बाट मात्रै होइन, प्रधानमन्त्रीमाथि शिक्षित वर्ग पनि आलोचना र हप्कीदप्कीमा उत्रिन थालेको छ । जसले सम्मान पाउनुपर्ने प्रधानमन्त्री किन अपमानको शिकार बन्दैछन् भन्ने गम्भीर प्रश्न उठाएको छ । जसका केही तथ्यहरु शिलशिलेबार ढंगबाट सुरुवात गर्दछौं ।

नम्बर १ः बिहिबार त्रिभुवन विश्वविद्यालयको साधारण सभा अर्थात् नीति अधिवेशन चल्दै थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली सभाको सुरुआत गर्न खोज्दै थिए । तर कुलपति एवंम् प्रधानमन्त्री ओली र उपकुलपति प्रा.डा केशरजंग बरालले एजेन्डामा मनोमानी गरेको, त्रिविको डिन र क्याम्पस प्रमुख नियुक्तिमा ‘मेरिटोक्रेसी’ अर्थात् प्रतिस्पर्धाका आधारबाट माथिल्लो योग्यताक्रम भएका व्यक्तिलाई नियुक्ति दिने प्रणालीविरुद्ध गएर भागबण्डा गर्न खोजेको लगायतका आरोप लगाएर सभाका सदस्यहरु नै चर्काचर्कीमै उत्रिए । मुख्य आक्रोश उपकुलपति बरालमाथि थियो, तर सामना प्रधानमन्त्री ओलीले गर्नुपर्‍यो । अहिले यसैलाई आधार बनाएर सामाजिक सञ्जालतिर बहस भइरहेको छ, ‘आजसम्म कार्यकर्ताकै झुण्डले घेरिएर जयजयकारमात्रै पाइरहेका प्रधानमन्त्री ओली पहिलोपटक पढेलेखेका शिक्षितहरुको फेला परे ।’

नम्बर २ः त्रिविमै प्रधानमन्त्रीले नाराबाजीको सामना गरे । देशको अभिभावक पुग्दा सबै खुशी भएर हातमा फुलका गुच्छा बोकेर स्वागत र विदाई गर्नुपर्ने हो । तर सेवा सुविधाको माग राख्दै विहानैदेखि सभास्थलअघि उभिएका त्रिविका कर्मचारीहरु प्रधानमन्त्री निस्किँनै लाग्दा नाराबाजीमा उत्रिएका थिए ।

यहाँ कर्मचारीहरुले उपकुलपति केशरजंग बरालमाथि झन यतिसम्मको आक्रोश पोखेकी, मानौं ‘कुखुरा चोर’लाई अघि राखेर थर्काएजस्तो र्‍याखर्‍याख्ती पारे ।

नम्बर ३ः प्रधानमन्त्री ओलीलाई आफ्नै गृहजिल्ला झापामा पुग्दा नाराबाजी र कालो झण्डाको सामना गर्नुपर्‍यो । दमकको ५ विगाहा जमिनमा १ अर्ब ६३ करोड खर्चिएर बनाएको १८ तल्ले भ्यू टावर उद्घाटन गर्न मंसिर २३ गते ओली झापा गएका थिए । तर रास्वपाका नेता कार्यकर्ताले केपी ओली मुर्दावादको नारा लगाएर हुलदंगा मच्चाए ।
फलतः त्यसकै बद्लामा हुनुपर्छ प्रधानमन्त्री ओलीले पनि देश बनाउन सहकारी ठगी गरेजस्तो नभएको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई सिधैं सहकारी ठग करार गरे ।

नम्बर ४ः सम्भवतः आफ्नै गृहजिल्लामा प्रधानमन्त्री ओली विरोध खेप्ने मामिलामा पूर्वजानकार थिए । फलतः उनको सुरक्षामा प्रहरीमात्रै नभएर नेपाली सेना नै परिचालन गरिएको विषय पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

नम्बर ५ः प्रधानमन्त्री ओली र रास्वपाबीचको मुठभेड यतिसम्म चुलिएको छ, यसअघि चितवनमा प्रधानमन्त्रीको ‘शवयात्रा’ नै निकालिएको थियो । प्रधानमन्त्रीको पुत्लालाई बाँसमा घारमा बोकेर रास्वपाका नेता कार्यकर्ताहरुले नारायणीमा बगाईदिएका थिए ।

नम्बर ६ः उसो त प्रधानमन्त्री ओली जहाँ पुग्छन्, त्यही असभ्य र आपत्तिजनक नाराबाजीहरु सुरु भइहाल्छन् । गत कात्तिक १४ गते बेलुका प्रधानमन्त्री ओली साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल हेर्न र नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न दशरथ रंगशाला पुगे । तर रंगशाला नै ओलीको आन्तरआत्ममा ठेस पुग्ने गरि मुर्दावादको नाराले गुञ्जियो ।

नम्बर ६ः सम्भवत दशरथ रंगशालाबाट पाठ सिकेरै हुनुपर्छ, ओली एनपीएल उद्घाटन समारोहमा सरिक नै भएनन् । चीन भ्रमणको तयारी गर्नुपर्ने भएकाले सहभागिता नहुने सन्देश सामाजिक सञ्जालबाट दिए । खेलको उद्घाटन मंसिर १५ मा भएको थियो । ओली १७ मा चीन जाँदै थिए । नेपाली खेलाडीलाई हौसला सधैं अघि बढ्ने ओली थोरै समय निकालेर किन गएनन् भन्ने प्रश्नले विरोधको सम्भावित डरतर्फ संकेत छ ।

नम्बर ७ः चौथोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक सार्वजनिक समारोहमै ओलीविरुद्धको नाराबाजी टुँडिखेलमा भएको थियो । गौरा पर्वको अवसर पारि कार्यक्रमको प्रमुख अतिथि बनेका ओलीविरुद्ध युवाहरुले आपत्तिजनक नाराबाजी गरेका थिए । फलतः देउवा आवेशमा आएर युवाहरुलाई फटाहा बद्मास भन्न तहमा उत्रिए भने नाराबाजी गर्ने झण्डै दर्जन युवा पक्राउ परे ।

तर यो सबैको दोष भने प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगाएका छन् । बिहिबार एक समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्ड महोदयले नराम्रो कामको नेतृत्व गरिरहनु भएको छ । र उहाँहरुको गिरोह सक्रिय छ । अरु होइन नेकपा एमालेका विरुद्ध सक्रिय छ । त्यसमा पनि मेराविरुद्ध सक्रिय छ ।’

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु