गृहपृष्ठ इजरायली अधिकारीसँग विपीन जोशीको उद्धार प्रयासबारे राजदूत पण्डितले लिए जानकारी
इजरायली अधिकारीसँग विपीन जोशीको उद्धार प्रयासबारे राजदूत पण्डितले लिए जानकारी
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको आक्रमणमा परेर गत वर्षदेखि बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी उद्धारका बारेमा भइरहेका प्रयासबारे इजरायली अधिकारीसँग जानकारी लिएका छन् ।
राजदूत पण्डितले हिजो (बिहीबार) इजरायली प्रधानमन्त्री कार्यालयका ‘बन्धक तथा बेपत्ता पारिएकाहरूका संयोजक’ गार्ल हिससँग उनकै निवासमा भेट गरी सो विषयमा जानकारी लिएका हुन् ।
प्रकाशित समय : २२:०७ बजे


















