global ime bank Long Banner Ad

गृहपृष्ठ सन्तान बढी जन्माउन टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने

सन्तान बढी जन्माउन टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने

सन्तान बढी जन्माउन टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने

जापानको टोकियो महानगर सरकारले घट्दो जन्मदरलाई रोक्न आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ।

विश्वको सबैभन्दा ठूलो सहर टोकियोले अप्रिल २०२५ देखि लागु हुने गरी सो योजना बनाएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

यो योजना अनुसार टोकियो सरकारका कर्मचारीलाई काम गर्ने समय मिलाएर आफूलाई पायक पर्ने गरी हप्ताको एकदिन अतिरिक्त बिदा बस्न मिल्नेछ। हाल टोकियोमा लगभग संसारभर लागु भए जस्तै हप्ताको पाँच दिन काम गर्नुपर्छ।

यो योजनाले बच्चा हुर्काउनलाई सजिलो पारेर कर्मचारीहरूलाई बच्चा जन्माउन प्रेरित गर्नेछ भनेर टोकियो सरकारले अपेक्षा गरेको छ।

पछिल्लो समयमा विश्वका धेरै विकसित देशमा हप्ताको चार दिन मात्रै काम लगाए कर्मचारी खुशी र उत्प्रेरित भएर उत्पादकत्व बढ्ने, कर्मचारी भर्ती गर्न सजिलो हुने र उनीहरूलाई काममा लामो समयसम्म राख्न मद्दत गर्ने अनि बिरामी बिदामा व्यापक कमी आउने भन्दै हप्ताको तीन दिन बिदा दिनु पर्ने माग उठिरहेको छ। कतिपय ठाउँमा यो प्रयोग सुरू पनि भइसकेको छ।एजेन्सी

प्रकाशित समय : २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु