global ime bank Long Banner Ad

गृहपृष्ठ पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी

पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी

पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित भएका छन् । रेग्मीले २३ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी प्रविर देलले १६ र अमरराज पुनले पाँच मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिए ।

आज भएको निर्वाचनमा खुला उपाध्यक्षमा देवकुमार ओली २४ मत प्राप्त गरी विजयी भए । उपाध्यक्षका प्रत्यासी दिवस पोखरेलले १४ मत र भरत चन्दले चार मत पारे । सचिवमा दीपेन्द्र महताराले २६ मतसहित विजयी हुँदा परिचन्द्र खत्रीले १७ मत प्राप्त गरे।

साथै महिला उपाध्यक्षमा सुमित्रा केसी, सह–सचिव खुलामा प्रचण्ड खत्री र सह–सचिव समावेशीबाट छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिए। दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रीय परिषद् सदस्यमा गनेश विक चिन्तन निर्विरोध निर्वाचित भएका छन् ।

अहिले प्रदेश शाखाको मतगणना भइरहेको र त्यसपश्चात् केन्द्रको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । आज भएको निर्वाचनमा रुकुम पश्चिममा ६१ मतदाता रहेकामा ४४ मत खसेको थियो ।

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु