global ime bank Long Banner Ad

गृहपृष्ठ जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ: सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ: सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ: सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिलेको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताएका छन् ।

आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनले भने “हामीले अब नयाँ ढङ्गले ‘मुभमेन्ट’ चलाउनु जरूरी छ ।”

आदिवासी जनजातिको आन्दोलन अन्तर्राष्ट्रियकरण गर्नुका साथै सीप र ज्ञानलाई स्थानीयकरण गर्न आवश्यक रहेको बताउँदै मन्त्री गुरूङले भने, “नेपालको आदिवासी आन्दोलन काठमाडौँमा मात्रै सीमित हुँनुहुँदैन, किनकी एसियाको सबैभन्दा ठूलो आन्दोलन भनेकै आदिवासी जनजाति आन्दोलन हो ।”

अन्य देशमा आदिवासी जनजाति आन्दोलनले जुन उचाइका साथ सफलता हासिल गरेको छ, त्यसको तुलनामा नेपालको आदिवासी आन्दोलनको क्रियाशीलतामा कमी रहेको मन्त्री गुरूङको धारणा छ ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु