global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन
सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोल बजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ्ग कारोबार गर्ने गरीे मिति २०८१ मंसिर २६ गते गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  तिलकराज पाण्डेयले संयुक्त रुपमा गोल बजार शाखाको विधिवत् समुद्घाटन गरे ।
नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीतिअनुरुपनिर्माण भएको यस भवनबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।
हालबैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिंदै आएको छ । आगामी दिनमाग्राहकहरुलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्न यस बैंक कटिबद्ध रहेको छ ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु