गृहपृष्ठ सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनरमा हिमाल डेन्टल
सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनरमा हिमाल डेन्टल
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्स र हिमाल डेन्टल अस्पतालबीच प्रायोजन सम्झौता भएको छ ।
काठमाडौंमा एक कार्यक्रममाझ हिमाल डेन्टल र सुदूरपश्चिम रोयल्सबीच हाइजिन पार्टनरको लागि सम्झौता भएको हो । सम्झौतामा हिमाल डेन्टलका तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिम रोयल्सका तर्फबाट सिइओ प्रकाश खड्काले हस्ताक्षर गरे।
अध्यक्ष भट्टले सम्झौतापछि आफ्नो भेगको टोलीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । म आफै पनि सुदूरपश्चिमको बासिन्दा भएकोले, खेलप्रति पनि मेरो लगाव छ, व्यक्तिगत र संस्थागत रूपमा विभिन्न समयमा सहयोग गर्दै आएका छौं । यहां जोडिन पाउँदा हामीलाई धेरै खुसी लागेको छ । खेलाडीहरूलाई स्वस्थ मुख, स्वस्थ दाँतका साथसाथै हामी खेलका लागि प्रोत्साहित गर्छौ र आफ्नो भेगको टोलीलाई सहयोग गर्न हामी जोडिएका छौं ।
एनपिएलले नेपालमा र नेपाल बाहिर बस्ने सबै नेपालीहरुलाई एकदमै उत्साहित बनाएको छ । खासगरी नेपालमा धेरै समर्थकहरू भएको र नेपाली क्रिकेटले विश्वस्तरमा धेरै राम्रो गर्न सक्ने उदाहरणहरु दिएको हुँदा, एनपिएलसँग हामी जोडिएका छौं, भट्टले भने।
सिइओ खड्काले एनपिएल यात्रामा सहकार्य गर्न जोडिएकोमा हिमाल डेन्टललाई धन्यवाद व्यक्त गरे। हिमान डेन्टलसँग जोडिन पाउँदा खुसी लागेको छ। राजेन्द्र भट्ट सरले सुदूरपश्चिममा विभिन्न क्षेत्रहरूमा, विशेष गरी सामाजिक क्षेत्रमा, महत्वपूर्ण योगदान पुर्याएका छन् । उनिहामीसँग यस बीचमा जोडिनुभएकोमा हामी निकै खुशी छौं । क्रिकेटसँग उहाँको डीपीएलसँगको सहकार्य पुरानो थियो र नेपाली क्रिकेटको नयाँ ब्रान्ड एनपीएलसँग उनलाई जोड्न पाउँदा खुसी छौ, खड्काले भने।
सुदूरपश्चिम रोयल्सले यसअघि मुख्य प्रायोजकको भूमिकामा ग्लोबल आईएमई बैंकसँग सम्झैता गरेको थियो । यसबाहेक एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, बेभरेज पार्टनरमा रिफ्रेस जुस, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्दै आएको छ ।
प्रकाशित समय : १९:२४ बजे



















