global ime bank Long Banner Ad

गृहपृष्ठ पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सापकोटा

पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सापकोटा

पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सापकोटा

नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएको छ । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएको हो ।

समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहेको छ ।

महासङ्घका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहेको छ ।

पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भएको छ भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भएको छ । अध्यक्ष सापकोटा विगत डेढ दशकदेखि राष्ट्रिय समाचार समिति ९रासस०को पर्वत प्रतिनिधिका रुपमा कार्यरत छन् ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु