गृहपृष्ठ लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै काठमाडौं गुर्खाज
लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै काठमाडौं गुर्खाज
नेपाल प्रिमियर लिग (एनपीएलमा) काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । काठमाडौं पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दैछ । तीन खेलमा एक जितबाट काठमाडौं को २ अंक छ ।
पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक जोडेको छ ।
प्रकाशित समय : १३:५२ बजे



















