global ime bank Long Banner Ad

गृहपृष्ठ शहरी जनमतसँग अझै बढी जोडिने एमालेको निष्कर्ष

शहरी जनमतसँग अझै बढी जोडिने एमालेको निष्कर्ष

शहरी जनमतसँग अझै बढी जोडिने एमालेको निष्कर्ष

नेकपा एमालेले उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको दावी गरेको छ ।

मंगलवार बसेको केन्द्रीय सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसमेत थपिएकोलाई सन्तोषजनक मानेको बताए ।

तर काठमाडौं- १६ र कीर्तिपुरको नतिजालाई हेर्दा शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको उनले बताए । उनका अनुसार शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष पार्टीले निकालेको छ ।

प्रकाशित समय : २२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु