global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लुम्बिनीमा भारतीय दूतावासको सांस्कृतिक महोत्सव

लुम्बिनीमा भारतीय दूतावासको सांस्कृतिक महोत्सव

लुम्बिनीमा भारतीय दूतावासको सांस्कृतिक महोत्सव

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ। लुम्बिनी विकास कोषसँगको सहकार्यमा भारतीय राजदूतावासले आइतबार लुम्बिनीमा सांस्कृतिक महोत्सव गरेको हो।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले महोत्सवको उद्घाटन गर्दै बुद्व जन्मस्थल लुम्बिनी विश्वका शान्तिमार्गीहरूको पवित्र स्थल रहेको बताए।

महोत्सवमा स्वागत गर्दै भारतीय राजदूतावासका मिसन नेपाल उपप्रमुख प्रसन्न श्रीवास्तवले लुम्बिनी बुद्वको जन्मस्थल भएकाले यहाँबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी गराउन संस्कृति महोत्सव गर्ने गरिएको बताए।

यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), पूर्वमन्त्री तथा काग्रेस नेता भरत शाह, बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्मा लगायतको उपस्थिति थियो।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु