global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड

नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड

नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ, फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

स्पेनको तटीय पर्यटकीय शहर पालमा मालोरकामा सम्पन्न महासंघको एक सय २०औँ स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।

सन् २०२४ का सम्पूर्ण अन्तर्राष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारणसभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ ।

जहाँ वुमन ईन मोटरिङ ईन नेपालका लागि एफआईएम वुमन अवार्डसहित मोबिलिटी र पब्लिक पोलिसी, फ्यूचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ ।

विश्वको एकमात्र मोटरसाइकल फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागिता थियो ।

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईलाई एफआईएम वुमन ईन मोटोसाईक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् ।

नेपाली खेलकुदको केन्द्रीय संघमा पहिलो एक तिहाई महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाईकलमार्फत महिला सशक्तीकरणको अभियान चलाएको, रेसिङ्ग, र्याली र रोड सेफ्टीमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गरेको, संघका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जनाएका छन् ।

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु