काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनपीएलः सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुने

1.76K
shares

आज नेपाल प्रिमियर लिग ९एनपीएल० को चौथों र पाँचौं खेल हुदैँछ ।

आजको पहिलो खेलमा काठमाडौं सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो । हिजो कर्णालीलाइ जीत हासिल गर्दै जनकपुर वोल्टस दोस्रो पटक बिजयी भइसकेको छ ।

आज हुने दोस्रो खेलमा काठमाडौं र चीतवनको महा भिडन्त हुने जनाइएको छ। बिराटनगरबाट सन्दिप लामिछाने र सुदुरपश्चिमवाट दिपेन्द्रसिंह एेरी नेतृत्व गर्नेछन् ।

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

विराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास ९ओमान०, मार्टिन गप्टिल ९न्युजिल्यान्ड०, निकोलास किर्टन ९क्यानडा०, क्रिस सोल ९स्कटल्यान्ड०, इस्मल आलम ९अफगानिस्तान०।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन ९स्कटल्यान्ड०, सेफ अलि जेब ९इंग्ल्यान्ड०, स्कट कुगेलेइन ९न्युजिल्यान्ड०, रोहन मुस्तफा ९युएई०, बसन्त खत्री ९आइकोनिक०।