global ime bank Long Banner Ad

गृहपृष्ठ रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरुमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन् ।

पुस्तकमा आफ्नै मौलिकतामा देशको विकास निर्माणलाई अघि बढाउनुपर्ने तर्क अघि सारिएको छ । पुस्तकमा भनिएको छ ‘नेपाली अर्थतन्त्रको विकल्प भनेको मौलिक हिसावको विकास निर्माण हो ।

संसारका देशहरुले आफ्ना–आफ्ना सवलता, प्राकृतिले दिएका विशिष्ठ स्रोतसाधन अनुसार विकासलाई अघि बढाएका छन् । नेपालले पनि एउटा भुपरिवेष्ठीत, पहाडी एवं हिमाली देश भएको नाताले प्राकृतिक स्रोत, साधन, भौगोलिक परिवेश, मौलिक सँस्कार तथा सँस्कृति अनुरुप विकासको बाटोमा अघि बढ्नुपर्छ’ ।

पुस्तकमा मौलिकताको विषयसँगै वित्तिय क्षेत्र, सहकारी, बिमा, जलविधुत, शेयर बजार, पर्यटन जस्ता अर्थतन्त्रका प्राविधिक विषयहरुमाथी केन्द्रित छ । अर्थतन्त्रको विगत, वर्तमान र भविष्यमा केन्द्रित पुस्तकले विश्व अर्थतन्त्रलाई पनि केल्याउने प्रयास गरेको छ ।

अर्थतन्त्रबारे रुची राख्नेहरुलाई मात्र नभएर पुस्तक लोकसेवा आयोगको तयारी गर्नेहरु तथा सेयर बजारका लगानीकर्ताहरुलाई उपयुक्त हुन सक्नेछ । प्रर्दशनीमार्ग स्थीति कालिन्चोक पुस्तक पसल वितरक रहेको पुस्तकको मुल्य ५ सय रहेकोे छ ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु