global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग संचालन गर्ने भएको छ ।

एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्बजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरुलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

एन्फाले शहिद स्मारक बि डिभिजनका केहि खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा संचालन गर्ने जनाएको छ ।

एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता संचालन गर्ने जनाएको छ ।

एन्फाले पछिल्लो पटक २०२२ मा बि डिभिजन लिग गरेको थियो बने करिब अढाई बर्षपछि बि डिभिजन लिग गर्ने घोषणा गरेको छ ।

प्रकाशित समय : ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु